आइतबार, वैशाख ७, २०८२

अनसनरत डा. केसीलाई काठमाडौं ल्याइँदै

नेपालखोज २०७७ असोज ६ गते ८:२७

काठमाडौं । स्वास्थ्य सेवा सुधारका माग राखेर अनसन बस्दै आएका डा. गोविन्द केसीलाई आज काठमाडौं ल्याइने भएको छ । जुम्लाबाट हिजो नेपालगञ्ज आइपुगेका डा. केसीलाई आज काठमाडौं ल्याउन लागिएको हो ।

हिजो नेपालगञ्ज–काठमाडौं उडान नभएपछि उनलाई भेरी अस्पतालको आइसीयूमा राखिएको छ । उनलाई आज बिहान साढे ११ बजे बुद्ध एअरको उडानबाट काठमाडौं पठाउने तयारी भैरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

डा. केसीले काठमाडौंमा पनि अनसन जारी राख्ने बताएका छन् । सरकारले आफ्ना मागको विषयमा कुनै सम्बोधन नगरेको र पहिलेको अनसनमा अस्पतालमै तोडफोड गरेको आरोप लगाउँदै उनले फेरि पनि यस्तो हिंसा हुन नदिन जुम्लाबाट काठमाडौंको यात्रा सुरु गरेको विज्ञप्तीमार्फत बताएका
छन् ।

प्रतिक्रिया