इ-सेवा मार्फत धरान उपमहानगरको कर तथा राजस्व भुक्तानी गर्न सकिने
काठमाडौं। धरान उपमहानगरपालिकाको सबै कर अबदेखि इ-सेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यो सँगै अबदेखि नगरबासीले सबैखाले सम्पत्ती कर, भूमी कर, व्यवसाय कर, घर तथा बहाल कर, दस्तुर तथा सेवा शुल्क इ-सेवाबाटै भुक्तानी गर्न सकिनेछ । इ-सेवा अकाउन्ट भएका व्यक्तिले मोबाईलबाट सिधै कर तथा राजस्व भुक्तानी गर्न सकिनेछ भने इ-सेवा अकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इ-सेवा जोन तथा पोइन्ट मार्फत कर भुक्तानी गर्न सकिनेछ ।
इ-सेवाका एजेन्ट विभाग प्रबन्धक रूपेश न्यौपानेले भने ‘ स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइन मार्फत भुक्तानी गर्दा स्थानीय तह र त्यस क्षेत्रका बासिन्दालाई अझ सहज हुनुका साथै अहिलेको कोभिड १९ को महामारीका बेला घरबाटै सेवा लिदाँ अझ सजिलो र सुरक्षित बनाउनेछ’ ।
नगरबासीले दुई तरिकाबाट इ-सेवा मार्फत भुक्तानी गर्न सकिनेछ । नगरबासीले सुरूमा वडा कार्यालय मार्फत आफ्नो इमेल र फोन नम्बर दर्ता गराइ लगइन आइडी लिनुपर्नेछ । त्यसपछि इ-सेवाको मोबईल एप अथवा वेबसाइटबाट भुक्तानी गर्न सकिनेछ भने धरान नगरपालिकाको वेबसाइटबाट पनि युजरनेम र पासवर्ड हानेर इ-सेवा मार्फंत कर तथा राजस्व भुक्तानी गर्न सकिन्छ ।
इ-सेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इ-सेवामा सहजै रकमजम्मागर्न तथा इ-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
प्रतिक्रिया