बिहीबार, वैशाख १३, २०८१

कोरोना महामारीकाबिच ‘द ब्रिटिस कलेज’ ले गुणस्तरीय शिक्षा प्रदान गर्दै

नेपालखोज २०७७ असोज ७ गते १५:०४

काठमाडौं । कोरोना महामारीका कारण देश विभिन्न संकटसँग जुधिरहेको बेला थापाथलीस्थित रहेको द ब्रिटिस कलेजले अनलाइनमार्फत गुणस्तीय शिक्षा प्रदान गरिरहेको छ ।

द ब्रिटिस कलेजका एसोसियट डिन अरुणलाल जोशी भन्छन्, ‘फेब्रअरी, २०२० मा कोरोना भाइरसको खबर संसारभर फैलिएको समयमा ब्रिटिस कलेजले फेस टु फेस कक्षा सञ्चालन गरिरहेको थियो । उनी थप्दै भन्छन्, ‘त्यस समयमा, विश्वभरका विश्वविद्यालयहरू बिस्तारै अनलाइन कोर्स डेलिभरीमा गर्ने तयारीमा लागेका बेला ब्रिटिस कलेजले अप्रत्याशित परिस्थितिहरूको लागि तयार हुनुपर्ने महसुस गरेर हामीले आफ्ना शिक्षकवर्ग र सहयोगी कर्मचारीलाई तालिम दिएर अगाडि बढ्यौँ ।’

जोशी भन्छन्, ‘२५ मार्च, २०२० मा सरकारले कोरोना नियन्त्रणका लागि दुई हप्ताका लकडाउन घोषणा गरेको थियो । त्यसबेलासम्म हामी शैक्षिक वर्ष २०१९र२० को अन्तिम सेमेस्टरको बीचमा भएको अबस्थामा हामी २२ मार्च, २०२० देखि अनलाइन मोडमा क्लास सुरु गरिसकेका थियौं । साथै संयोगवश, हाम्रो पार्टनर विश्व विद्यालयले २२ मार्च, २०२० बाट आफ्नो अनलाइन कक्षा पनि सुरू गरिसकेका थिए । बेलायतमा रहेका विश्व विद्यालयहरुले जुन स्तरमा अनलाइन क्लास दिइरहेका छन् सोही गुणस्तर पालना गर्दै हामीले पनि आफ्नो जिम्मेवारी पुरा गरिरहेको छौँ’, उनले भने । ब्रिटिस कलेजले विद्यार्थीहरुको पढाइमा कुनै पनि प्रकारको समस्या आउन नदिन एकपछि अर्को रणनीति बनाउँदै अगाडि बढिरहेको उनी बताउँछन् । ‘अनलाइन कक्षा प्लेटफर्म हाम्रा सबै सम्बन्धित सरोकारवाला, विद्यार्थी र शिक्षण स्टाफका लागि नयाँ भएता पनि हामीले यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सफल भयौ’, जोशिले भने ।

कलेजले यो कठिन अवस्थामा पनि विद्यार्थीलाई भर्चुअल रुपमा सर्भिसहरु दिने काम गर्दै आइरहेको उनले जानकारी दिए । यो अवधिमा ब्रिटिस कलेजका सबै स्टाफहरू घरबाटै काम गरिरहेका छन्, र अनलाइन कक्षा र सेवाहरूमा जानकारीबारे प्रतिक्रिया लिन दैनिकरुपमा लागिरहेको बताउँछन् । उनी भन्छन्,‘यसबीच देखिएको मुख्य समस्या भनेको विद्यार्थी र शिक्षण स्टाफका लागि इन्टरनेट सेवा र बिजुली रहेको थियो । यो समस्यालाई सुल्झाउनको लागि कलेजले सबै विद्यार्थीहरूलाई अनलाईनमा प्रत्यक्ष लाईभ लेक्चर हूदै रेकर्ड गरिएको लेक्चरहरु समेतको उपलब्ध गराउँदै आइरहेका छौं । बिद्यार्थीहरू आफुले समय मिलाउन नसकेर छूटेका लेक्चरहरुको समेत केही समय पछाडि पनि फेरि अध्यन गर्नसक्ने नयाँ वातावरणको सिर्जना गरिएको जोशीले जानकारी दिए ।

त्यस्तै गरी बर्तवान परिस्थितिमा यूरोप र अमेरीकाका सबै खालका यूनिवर्सिटीहरूले बिध्यार्थीको पठन पाठनहरूलाई प्रमूखरूपमा अनलाईन मार्फत नै अगाडि बढाएको जोशीले बताए ।

प्रतिक्रिया