कोरोना कहर : एकैदिन थपिए तीन लाख बढी संक्रमित

नेपालखोज २०७७ असोज ८ गते ७:५९

एजेन्सी । कोभिड-१९ बाट विश्वमा संक्रमितको संख्या तीन करोड २० लाख ८३ हजार २७५ पुगेको छ। पछिल्लो २४ घण्टामा तीन लाख १३ हजार २०४ संक्रमित थपिएका हुन्।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ३६ लाख ५९ हजार २१ जना संक्रमणमुक्त भएका छन्। विश्वमा सक्रिय संक्रमितको संख्या ७४ लाख ४३ हजार ३५ छ।

त्यसमध्ये ६२ हजार ३४६ जना गम्भीर अवस्थाका छन्। त्यस्तै कोभिड(१९ बाट मृत्यु हुनेको संख्या ९ लाख ८१ हजार २१९ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ६ हजार २६४ जनाको मृत्यु भएको हो।

प्रतिक्रिया