शुक्रबार, चैत १६, २०८०

१४ वर्षदेखि कोमामा रहेकी महिलाले बच्चा जन्माएपछि …

नेपालखोज २०७७ असोज ८ गते ११:५९

काठमाडौं । अमेरिकाकी उरिजोना नामकी एक महिला १४ वर्षदेखि अस्पतालको कोमामा थिइन् । तर, १४ वर्षसम्म कोमामा बसेकी महिलाले बच्चालाई जन्म दिएकी छिन् ।

स्थानीय सञ्चारमाध्यामको अनुसार महिला गर्भवती भएको कुरा १४ वर्षसम्म अस्पतालमा उनको सेवा गरिरहेका स्टाफहरुलाई समेत थाहा थिएन । स्टाफहरुले यो कुरा उनको डेलीवरी हुने बेलामा थाहा पाएका थिए । अस्पतालका अधिकारीहरु यो बारेमा बोल्न मानिरहेका छैनन् । प्रहरीले बच्चाको पिता पत्ता लगाउँन अनुसन्धान गरिरहेको छ ।

प्रहरीले १४ वर्षसम्म कोमामा रहेकी महिलाले कसरी सम्बन्ध राख्न दिन्छ भन्दै अस्पतालका अधिकारीहरुलाई गिरफ्तार गरेको छ । ती महिला १४ वर्ष अगाडि पानीमा डुबेका कारण कोमामा थिइन् ।

कोमामा रहेको १४ वर्षपछि महिलाले एक बच्चा जन्माएकी हुन् । महिलालाई कोमामा रहेको बेला हेरचाहका लागि अन्य मानिसहरूको अत्याधिक आवश्यक पर्ने गर्दथ्यो । त्यसैले उनी रहेको कोठामा मानिसहरु आउँने जाने गर्दथे । महिलाले जब बच्चालाई जन्म दिएकी छिन् त्यो बेलादेखि उनको कोठामा आउँने जाने मानिसहरुमा नजर राख्ने गरिएको छ ।

प्रतिक्रिया