सोमबार, असार २३, २०८२

नेपाल र इजरायलबीच असोज १४ गते श्रम सम्झौता हुने

नेपालखोज २०७७ असोज ८ गते १७:१५

काठमाडौं । नेपाल र इजरायलबीच यही असोज १४ गते श्रम सम्झौता हुने भएको छ । जेरुसेलमस्थित इजरायली विदेश मन्त्रालयमा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।

इजरायलको नर्सिङ क्षेत्र-अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्रमा नेपाली केयर गिभर लैजाने सम्बन्धमा सम्झौता हुन लागेको हो ।

सम्झौतापत्रमा नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य र इजरायलका विदेशमन्त्री गाबी अस्खेनाजीले हस्ताक्षर गर्ने तेल अभिभस्थित नेपाली दूतावासका द्वितीय सचिव अर्जुन घिमिरेले जानकारी दिए ।

मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले इराजयलसँग श्रम सम्झौता गर्ने निर्णय गरेको थियो । सम्झौतापछि नेपाली श्रमिकले इजरायली नागरिकसरहको सेवासुविधा र संरक्षण पाउने छन् ।

प्रतिक्रिया