शुक्रबार, वैशाख ७, २०८१

दराजको सहयात्री कार्यक्रम मार्फत २१ सय बढी उद्यमी बने

नेपालखोज २०७७ असोज ९ गते १२:०१

काठमाडौँ । दराज मार्फत २१ सय भन्दा बढीले साना र मध्यम आकारका उद्यम (एसएमई) सुरु गरेका छन् ।
दराजको सहयात्री कार्यक्रममा सहभागी हुन ८ हजार भन्दा बढीले दर्ता गरेका थिए भने २१ सय भन्दा बढी उद्यमीहरु दराज मार्फत व्यवसाय सन्चालन गरे र बाँकी प्रकृयामा रहेका छन् ।

कार्यक्रम अन्तर्गत, दराजले ४ महिनाको कमिसन शुल्क हटाई विक्रेताहरुलाई देश भरिका ७ लाख भन्दा बढी ग्राहकसम्म निशुल्क सेवा दिएको जनाएको छ । जसमा ५५ लाख भन्दा बढी सहायता दिएको कम्पनीले बताए । यसबाहेक, दराजले उद्यमीहरुलाई निःशुल्क व्यवसाय परामर्श, र दराज युनिभर्सिटि मार्फत इकमर्स शिक्षा दिएको छ ।

सहयात्री कार्यक्रमले डिजिटल युगमा व्यापार गर्न सजिलो बनाउने दराजको मिशनलाई पूर्ण समर्थन गर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया