शुक्रबार, वैशाख १२, २०८२

आइपिएल २०२० : दिल्ली क्यापिटलले चेन्नईलाई दियो १७६ रनको लक्ष्य

नेपालखोज २०७७ असोज ९ गते २१:३८

एजेन्सी। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटलले चेन्नई सुपर किंग्सलाई १७६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १७५ रन बनाएको हो ।

दिल्लीका लागि पृथ्वी शाले सर्बाधिक ६४ रन बनाए । शाले ४३ बलमा ९ चौका र एक छक्का प्रहार गर्दै ६४ रन बनाएर आउट भएका थिए । त्यस्तै शिखर धवनले ३५ रन बनाए भने रिषव पन्तले अविजित ३७ रन बनाए ।

त्यस्तौ कप्तान श्रेयस अय्यर २६ रन बनाएर आउट भए भने मार्कोस स्टोईनिसले अविजित ५ रन बनाए । चेन्नईका बलर पियुष चावलाले २ विकेट लिएका थिए भने साम कुरानले एक विकेट लिए । अब चेन्नईले जवाफी ब्याटिंग गर्दै छ ।

प्रतिक्रिया