शुक्रबार, वैशाख १२, २०८२

इंग्लिस प्रिमियर लिग : चेल्सीलाई वेस्ट ब्रुमको चुनौती

नेपालखोज २०७७ असोज १० गते १९:११

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । चेल्सी वेस्ट ब्रुमको भ्रमणमा निस्कनेछ । चेल्सी र वेस्ट ब्रुम बिचको खेल नेपाली समयअनुसार राति १०ः१५ बजेपछि हुनेछ ।

सुरुवाती दुई खेलमा समान १ जित र १ हारको नतिजा निकालेको चेल्सी वेस्ट ब्रुमलाई उसकै मैदानमा पराजित गर्दै प्रिमियर लिगमा दोस्रो जितको खोजीमा मैदान उत्रनेछ । चेल्सीले पहिलो खेलमा ब्राइटनमाथि ३–१ ले पराजित गर्दा दोस्रो खेलमा लिग च्याम्पियन लिभरपुलसँग २–० ले पराजित भएको थियो ।

यता, सुरुवाती दुई खेल ने गुमाएको वेस्ट ब्रुम घरेलु मैदानमा स्टार खेलाडीले भरिएको चेल्सीलाई स्तब्भ पार्दै प्रिमियर लिगमा पहिलो जित निकाल्ने दाँउमा हुनेछ ।

वेस्ट ब्रुम लेस्टर सिटीसँग ३–० ले तथा एभर्टनसँग ५–२ ले पराजित भएको थियो । यि दुई टोली हालसम्म १६ पटक आमने सामने हुदा चेल्सीले १० खेल आफ्नो पक्षमा पार्दा ३ खेल वेस्ट ब्रुमले जितेको छ । तीन खेल बराबरीमा टुंगिएको छ । यस्तै आजै हुने अन्य खेलहरुमा ब्राइटनविरुद्ध म्यानचेस्टर यनाइटेड, क्रिस्टल प्यालेसविरुद्ध एभर्टन र बर्नली विरुद्ध साउथ ह्याम्पटन भिड्दै छन् ।

प्रतिक्रिया