आइतबार, जेठ ६, २०८१

महिला सहयात्रा लघुवित्तको आठौं वार्षिक साधारण सभा सम्पन्न

नेपालखोज २०७७ चैत १९ गते ११:०८

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि.को आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्याय रिट्रिट रिसोर्ट बज्रवाराही मकवानपूरको सभाहलमा बुधबार उक्त सभा सम्पन्न भएको हो ।


सभामा संस्थाका अध्यक्ष अमृतचरण श्रेष्ठले वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । राष्ट्रिय स्तरको कार्य क्षेत्र र १३ करोेड ३१ लाख चुक्ता पूँजी रहेको वित्तीय संस्थाले आ.व.२०७६÷०७७ को नाफा र संचित मुनाफाबाट १० प्रतिशत बोनश शेयर वितरण गर्ने, आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिबेदन र सोहि अवधि सम्मको नाफा नोक्सान पारित गर्नुका साथै आ.व.२०७७÷०७८का लागि लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।


सभाबाट रिक्त दुुई जना सर्वसाधारण शेयरधनीका तर्फको संचालकमा सरिता श्रेष्ठ र दिपक नरसिंह श्रेष्ठ निर्विरोध निर्वाचित भएकाछन । संस्थाले नेपालका २१ जिल्लामा ३४ वटा शाखामार्फत अति दुर्गम र पिछडिएका समुदायलाई लघुवित्त सेवा प्रदान गर्दे आएको छ ।

प्रतिक्रिया