आज विश्व मुटु दिवस, मन लगाउँ, मुटु बचाउँ भन्ने नाराका साथ मनाइँदै
काठमाडौं । आज सेप्टेम्बर २९ अर्थातथ विश्व मुटु दिवस। विश्व मुटु महासंघको आह्वानमा आज विश्वभर मन लगाउँ, मुटु बचाउँ भन्ने नाराका साथ यो दिवस मनाइदैछ ।
नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख मुटुरोगी भएको नेपाल हृदयराग निवारण प्रतिष्ठानको अनुमान छ । प्रतिष्ठानका अनुसार करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप, २० प्रतिशतलाई कोलेस्ट्रोल, १० प्रतिशतलाई मधुमेह र १ प्रतिशत बालबालिकालाई बाथ मुटुरोगको समस्या छ ।
वर्षेनी एक हजार बालबालिका बाथ मुटु रोगका कारण हार्ट फेल भएर मृत्यु हुने गरेको प्रतिष्ठानले जनाएको छ । ९० प्रतिशत नेपालीले मुटु मैत्री खाना नखाने, ५० प्रतिशत शहरिया नेपालीले आवश्यक व्यायाम नगर्ने र ४० प्रतिशतले चुरोट, सुर्ति सेवन गर्ने गरेको प्रतिष्ठानले जनाएको छ ।
मुटु रोगका कारण विश्वमा वर्षेनी १ करोड ८० लाख मानिसहरुको मृत्यु हुने गरेको छ । जसमध्ये विकासोन्मुख देशहरुमा मुटु रोगबाट मर्नेको संख्या ८० प्रतिशतभन्दा बढी छन् । सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेहरुको संख्या वर्षेनी २ करोड ५० लाख पुग्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ ।
विकोसोन्मुख देशहरुमा हृदयघातका कारण मृत्यु हुनेको संख्या २५ प्रतिशतबाट ३५ प्रतिशतमा पुग्ने अनुमान छ ।
अस्वस्थकर जीवनशैलीका कारण मुटु रोग बढ्दै गएको चिकित्सकहरु बताउँछन्। मुटु रोगीका लागि कोरोना भाइरस निकै जोखिमपूर्ण हुने भएकाले सावधानी अपनाउन प्रतिष्ठानको आग्रह छ।
प्रतिक्रिया