कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन सरकारको आग्रह

नेपालखोज २०७७ असोज १३ गते ७:०३

काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । लक डाउन खुकुलो जोखिम कम भएर नभइ जीवन र जीविका चलाउन सहज बनाइएको भन्दै सतर्कता अपनाउन सरकारले आग्रह गरेको हो ।

उपत्यका लगायत विभिन्न जिल्लाहरुमा दिनदिनै संक्रमण बढिरहेको अवस्थामा सरकारले सबैले उच्च सतर्कता अपनाएर सहयोग गर्न सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले आग्रह गरे ।

त्यस्तै सरकारले मापदण्ड विपरीत पिसिआर परीक्षणका लागि कसैलाई पनि बाध्य नपार्न आग्रह गरेको छ । घरधनीहरुले परीक्षणका लागि दबाव दिने गरेको गुनासो आएकाले त्यसो नगर्न उनले आग्रह गरे ।

प्रतिक्रिया