शनिबार, असार २, २०८१

आफ्नो अवस्था, दूरदृष्टि र देशको आवश्यकता समीक्षा गर्न समाजकल्याण परिषद्लाई निर्देशन

नेपालखोज २०७७ असोज १३ गते ८:४६

काठमाडौं । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले ५० हजार गैरसरकारी संस्था दर्ता भएको र नियमानुसार नवीकरण नहुने देखिएकालगायत विषयमा समाजकल्याण परिषद्लाई आफ्नो अवस्था, दूरदृष्टि र देशको आवश्यकता समीक्षा गर्न निर्देशन दिएको छ ।

समितिले नवीकरण नगर्ने संस्थालाई खारेज गरेको पनि नदेखिएको हुँदा आफ्नो समीक्षा गर्न निर्देशन दिएको हो ।

काठमाडौं उपत्यकालगायत स्थानमा रहेका जमीन तथा भौतिक संरचना उपभोग गर्न दिएवापत प्राप्त हुने रकम प्रचलित दरभन्दा न्यून रहेको, लिज वा भाडामा दिने प्रक्रिया अपारदर्शी रहेको, प्रतिस्पर्धाको अभाव रहेको, परिषद् उक्त विषयमा निष्क्रिय देखिने गरेको हुँदा सोसँग सम्बन्धित विवरण समितिमा यथाशीघ्र उपलब्ध गराउन परिषद्लाई निर्देशनको छ ।

गैरसरकारी संस्थाका कार्यक्रम सबै तहमा कार्यान्वयन हुने तर परिषद्को उपस्थिति केन्द्रीय तहमा मात्र रहनाले परिषद्ले गर्ने समन्वय प्रभावकारी नहुने निश्चित भएको र कतिपय संघसंस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर मात्रै पनि सञ्चालनमा छन् ।

प्रतिक्रिया