प्याराग्लाइडिङ असोज १५ बाट सञ्चालनमा
काठमाडौं । गत ७ महिनादेखी बन्द भएको प्याराग्लाइडिङ असोज १५ गतेबाट सञ्चालनमा आउने भएको छ ।
सरकारले आन्तरिक उडान शुरु गरेसँगै प्याराग्लाइडिङ पनि असोज १५ गतेबाट व्यवसायीक रुपमा सञ्चालनमा आउने भएको हो । अहिले परीक्षणकालका रुपमा सञ्चालनमा रहेको र सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै १५ असोजबाट व्यवसायीक रुपमा प्याराग्लाइडिङ सुरु हुने हवाई खेलकुद संस्था नाकाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । पुरानै अवस्थामा फर्किन समय लाग्ने भएपनि अहिले आन्तरिक पर्यटकलाई लक्षित गर्दै सेवा प्रदान गरिने उनले बताए ।
नाले प्याराग्लाइडिङ कम्पनीहरुले कोरोनाको जोखिमका कारण बन्द रहेका कम्पनीहरुलाई पुनवुकिङ शुरु गर्न निर्देशन दिएको छ । लकडाउनको अवधिमा पोखरामा व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडान सञ्चालन गरिरहेका कम्पनीहरुले करिब ५० करोड बराबरो नोक्सानी व्यहोर्नु परेका नाका महासचिव बलराम आर्चायले बताए ।
प्याराग्लाइडिङको विश्वव्यापी संस्था फेडरेशनअफ इरोनेटिक इन्टरनेशनल (एफएआई) का अनुसार पोखरा प्याराग्लाइडिङको उत्कृष्ट मध्येको एक गन्तव्य बनेको छ । पोखराको सराङकोट, तोरीपानी र मान्द्रे ढुंगाबाट ५५ वटा कम्पनीले दैनिक प्याराग्लाइडिङ उडाउने गर्दछन् । प्याराग्लाइडिङबाट झन्डै दुई हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
प्रतिक्रिया