कसरी गरेका थिए भगवान श्रीकृष्णले पुतनाको बध
मथुराको राजा कंशले श्रीकृष्ण गोकुलमा भएको थाहा पाएर आफ्नी एक स्त्री योद्धा पुतना (होलीका) लाई गोकुलका भएका बालकहरू सबैलाई मार्ने आज्ञा दियो ।
राजा कंशको आज्ञानुसार पुतना पनि गोकुलमा गएर आफ्नो स्तनमा बिष लगाएर बालकहरू चोर्दै स्तनपान गराउन लागी। यसै क्रममा पुतना यशोधाको घरमा पुगी। यशोधा श्रीकृष्णलाई घरमा सुताएर आफू घरको काममा लागेकी थिईन्।
यसै बेला राम्रो अवसर पाईयो भन्ने ठानी पुतनाले बालक कृष्णलाई चोरेर लगी केही पर गएर कृष्णलाई स्तनपान गराउन लागि तर भगवान श्रीकृष्णले स्तनपान गर्दा गर्दै पुतनाको प्राण समेत चुसीदिए।
तब पुतना निष्प्राण भएर जमीनमा ढली। पुतना जमीनमा ढल्दा भयंकर आवाज आयो सबै ब्रजवासीहरू के भयो ? यत्रो आवाज कसरी कहाँबाट आयो ? भन्ने संका गर्दै आवाज आएको तर्फ दौडे। त्यहाँ सबैले पुतनाको मृत शरीरमा बालगोपाल खेलीरहेको देखे। यशोदा लगाएत सबै गोपहरूले पुतनाको मृत शरीरबाट श्रीकृष्णलाई उठाएर माया गरे।
पछि गोपहरूले पुतनाको विशाल मृत शरीरलाई काटेर जलाए। भगवान श्रीकृष्णको हातबाट मारीएकी हुनाले पुतनाको मृत शरीर आगोमा जल्दा धुपको जस्तै वासना फैलिएको थियो। त्यसै दिनलाई आधार मानेर आज पनि हिन्दू समाजमा होली मनाएर होलीका जलाउने प्रचलन रहि आएको छ।








प्रतिक्रिया