‘बालबालिकाको नाममा गलत गतिविधि गर्नेहरू कडा निगरानीमा छन्’ – मन्त्री गुरुङ
काठमाडौं । सन् २००१ देखि अभियानका रुपमा बाल संरक्षण र बालअधिकारका लागि पैरवी र श्रोत संजालका रुपमा क्रियाशील सातै प्रदेशका ४८ बटा नागरिक संस्थाहरुको साझा थलो बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)को चौथो बार्षिक साधारण सभा २०७७ असोज १२ गते सम्पन्न भएको छ ।
साधारण सभाका प्रमुख अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सरकारले १० वर्षे रणनीतिक योजना ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै त्यसमा आवश्यक सुझाव दिन सिजप र सबै पक्षलाई आग्रह गरे । मन्त्री गुरुङले सबै स्थानीय तहलाई बालमैत्री बनाउन गृह, संघीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य, शिक्षालगायतका अन्तर मन्त्रालयसँग सहकार्यमा जोड दिइएको पनि स्पष्ट पारे ।
अनाथ बालबालिकाहरुको राज्य अभिभावक बन्नुपर्छ भन्ने मान्यताका साथ सरकारले काम गरिरहेको र बालबालिकाको सकारात्मक सोच र मनोविज्ञानका लागि सबैले छलफल र संचेतना बढाउन आग्रह गरे । अनाथ बालबालिकाको संरक्षण तथा उचित व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन बालबालिकाको क्षेत्रमा कार्यरत संघ, संस्थाहरुमाथि कडा निगरानी राख्नुपरेको पनि बताए । सिजपको बालअधिकार संरक्षणका क्षेत्रमा गरेको विज्ञ सहयोगलाई मन्त्रालयका तर्फबाट धन्यवाद दिँदै आगामि दिनमा पनि सहकार्य गर्न आग्रह गरेका थिए । केही संस्थाहरुले बालबालिकाको नाममा गलत गतिविधि गरेको पाइएपछि ती संस्थाहरुको अनुगमनमा सरकार केन्द्रित हुनु परेको मन्त्री गुरुङको भनाई छ ।
मन्त्री गुरुङले बालबालिकाहरुको हितमा केन्द्रित भएर काम गर्ने संघ, संस्थाहरुसँग सरकार अझ बढि सहकार्यका साथ काम गर्न प्रतिवद्ध रहेको पनि बताए । बालप्रतिनिधि लक्ष्मी जोशीले बालबालिकाका विरुद्ध हुने हिंसा रोक्न सबै लाग्नुपर्ने र बालबालिका सँग सम्वन्धित विषयमा उनीहरुको विचार संवोधन गर्न सबैलाइ आग्रह गरे । कार्यक्रममा बोल्दै सिजपका परिकल्पनाकार तथा बाल अधिकारकर्मी गौरी प्रधानले वालवालिकाको सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको कार्यक्रमको रुपमा अघि बढाउनुपर्ने आग्रह गरे । विद्यालय शान्ति र विद्यालयमा वालवालिकालाई कोभिड–१९ भएपनि सिकाइ र विकासका कुरा सँधै सवैखाले वैकल्पिक प्रवन्ध गर्न तीनै तहका सरकारलाई आग्रह गरे । रुकुम पश्चिम सानीभेरी गाँउपालिकाका अध्यक्ष नरबहादुर पुनले वालवािलकामा लगानी आवश्यकता पर्ने वताए । सानीभेरी गाँउपालिकामा उपाध्यक्षको नेतृत्वमा स्थानीय वालअधिकार समिति र वडामा वडा अध्यक्षको अध्यक्षतामा वडा स्तरीय वालअधिकार समिति गठन गरेको, आन्तरिक श्रोतमा गाँउपालिकामा वाल कल्याण अधिकारी नियूक्त गरि वाल अधिकार संरक्षणका कार्य गरेको बताए ।
वालअधिकार विज्ञ शिव पौडेलले कानुन, संरचना, प्रणाली, श्रोत र कार्यान्वयनमा रहरे गरेको प्रस्तुतीमा अर्का वालअधिकार विज्ञ तारक धितालले कानुनी प्रवन्धको सेवा, संरचनालाई चलायमान बनाउन मानवीय सोच बनाउनु आवश्यक छ भने परियोजना केन्द्रित भन्दापनि स्थानीय तहको अवस्था विश्लेषण गरी कार्य र सहजीकरण गर्नुपर्ने टिप्पणी गरे । एनएसिजिका अध्यक्ष कृण्णचन्द्र आचार्यले सवै प्रतिवद्धता पुरा गर्न सबैले हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । गैसस महासंघका अध्यक्षले स्थानीय सरकारले वालवालिका केन्द्रित बजेटको विनियोजनमा सवकै सहकार्य गर्न आग्रह गरे । सिजपका अध्यक्ष नरन्ेद्र डंगोलले नीतिगत तथा विज्ञ सहयोग मन्त्रालय र सबै निकायलाई आफ्नो वालअधिकार संरक्षणका विज्ञता बाढिरहको वताए । यो विषम परिस्थितिमा भर्चुअल हुने साधारण सभाको मान्यताका लागि सम्वद्धपक्षसँग अभियानको आग्रह गरे । साधारण सभाले बजेट, प्रगति विवरण र आगामि कार्ययोजना पारित गरेको छ । कार्यक्रम सिजपका महासचिव राजेश शर्माले संचालन गरेका थिए ।

प्रतिक्रिया