शनिबार, वैशाख १३, २०८२

काठमाडौं उपत्यकाका २ ठाउँमा केवलकार निर्माण हुँदै, १ अर्ब ३२ करोड लगानी लाग्ने

नेपालखोज २०७७ असोज १४ गते १२:११

काठमाडौं । काठमाडौं उपत्यकाका २ ठाउँमा केवलकार निर्माणका लागि तयारी गरिएको छ । केवलकार निर्माणका लागि दुई कम्पनीले उद्योग विभागमा आवेदन दिएका हुन् ।

जसअनुसार एउटा केवलकार ललितपुरको फुलचोकीमा निर्माण हुनेछ भने अर्को केवलकार नागार्जनमा निर्माण हुनेछ । स्वदेशी लगानी रहेका दुबै कम्पनीले उद्योग विभागमा लगानी गर्नका लागि प्रतिबद्धता जनाएका हुन् । अब यी कम्पनीहरुले सम्भाव्यता अध्ययन, डीपीआर गरी निर्माण शुरु गर्ने जनाएको छ ।

फुलचोकी केवल कार प्रालिले निर्माण गर्ने भनिएको केवलकार ललितपुरको गोदावरीमा ६६ करोड रुपैयाँ लगानीमा निर्माण हुनेछ । कम्पनीले ११ लाख ३७ हजार ५ सय जना मानिसलाई सेवा दिने उल्लेख गरेको छ ।

त्यसैगरी नागार्जुनमा निर्माण हुने भनिएको केवलकार ‘भ्यू नागार्जुन केवलकार प्रालि’ कम्पनीका रुपमा रहनेछ । उक्त कम्पनीमा ६६ करोड रुपैयाँ लगानीमा बन्ने छ भने ६८ जनाले जागिर पाउने उल्लेख गरिएको छ । कम्पनीले ११ लाख २० हजार जना मानिसलाई सेवा दिने लक्ष्य लिएको छ । यो केवलकारको माथिल्लो स्टेसन नागार्जुन नगरपालिका वडा नम्बर १ पाँचलमा रहनेछ भने तल्लो स्टेशन जाम्चीमा रहने उल्लेख गरिएको छ ।

प्रतिक्रिया