मंगलबार, फागुन १५, २०८०

उदयपुर क्षेत्र नं १ मा खगेन्द्र राई र २ मा रामकुमार राई विजयी

नेपालखोज २०७८ मंसिर १० गते ७:५६

उदयपुर । नेपाली कांग्रेस उदयपुरमा सम्पन्न भएको १४औं महाधिवेशनको जिल्ला निर्वाचन र मतगणनापछि जिल्ला क्षेत्रीय सभापतिमा जिल्लाको क्षेत्र नं १ बाट खगेन्द्र राई र २ बाट रामकुमार राई विजयी भएका छन् ।

क्षेत्र नं १ मा चौदण्डीगढी नगरपालिकाका प्रमुखसमेत रहनुभएका खगेन्द्र आफ्ना प्रतिद्वन्द्वी वसन्त बस्नेतलाई १० मतको अन्तरले पराजित गरी ३४४ मतसहित क्षेत्रीय सभातिमा विजयी भएका छन् । यस्तै सचिवमा सुशील खत्री र सन्तोष कोइराला तथा सहसचिवमा ओमकार कटेल र बेचु चौधरी विजयी भएका कांग्रेसले जनाएको छ ।

यस्तै क्षेत्र नं २ मा क्षेत्रीय अध्यक्षमा रामकुमार राईले प्रतिद्वन्द्वी रामकुमार खत्रीलाई १५ मतको अन्तरले पराजित गर्दै ३१९ मत प्राप्त गरेकाको कांग्रेसले बताएको छ ।

सचिवमा मोहनसिंह ठकुरी र हीराकुमार कार्की विजयी हुनुभएको छ भने सहसचिवमा कदमबहादुर कटवाल विजय भएका कांग्रेसका प्रवक्त मदनराज कटुवालले बताए ।

५० केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित नेपाली कांग्रेसको १४औँ केन्द्रीय महाधिवेशनका लागि ५० केन्द्रीय प्रतिनिधि निर्वाचित भएका छन् ।

कांग्रेस उदयपुरका अनुसार जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट २५ र क्षेत्र नं २ बाट २५ सहित कूल ५० केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएको जिल्ला पार्टी प्रवक्ता कटुवालले बताए । रासस

प्रतिक्रिया