नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

नेपालखोज २०७७ असोज १४ गते १७:३९

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर सात जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ । नेपालमा मंगलबार कोरोना संक्रमणबाट १० जना र सोमबार देशभर कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको थियो भने आइतबार कोरोना संक्रमणबाट १० जना र शनिबार ८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया