बिहीबार, वैशाख १३, २०८१

विश्वकै महंगो शौचालय भरतपुरमा

नेपालखोज २०७७ असोज १५ गते १५:१६

काठमाडौं । कोरोना भाइरस महामारीको कारण पुरा विश्व नै थला परेको छ । नेपाल लगाएत केही देशमा यसलाई भाइरस नियन्त्रण गर्नको लागि गरिएको लकडाउन खुकुलो गरिएको छ । तर, यस भाइरस संक्रमण हुने डर भने यथावत नै छ । सरकारले कोरोना रोकथामकालागि स्थानीय स्तरमा कोरोना अस्थायी अस्पताल निर्माण गरी रहेको छ ।

चितवनको भरतपुरमा रहेको कोरोना अस्थायी अस्पतालमा निर्माण गरिएको एउटा सौचालयको निर्माण लागत २५ लाख ४४ हजार ५ सय ४८ रुपिया खर्च भएको बिवरण पेश गरिएको छ ।

अहिले उक्त शौचालयको तस्वीर मुलुकभर भाइरल भएको छ । सामाजिक सन्जालमा संसारकै महंगो शौचालय भरतपुरमा बनेको भनेर त्यसलाई प्रचार गरिएको छ ।

प्रतिक्रिया