शुक्रबार, वैशाख १४, २०८१

पाकिस्तानकी महिलाले जन्माइन् एकैसाथ ७ शिशु

नेपालखोज २०७८ कार्तिक १ गते २१:१८

पाकिस्तान । पाकिस्तानमा एक महिलाले एक साथ सातवटा शिशुलाई जन्म दिएकी छन् । चिकित्सकहरुका अनुसार अहिले सबै नवजात शिशु र आमाको स्थिति स्थिर छ ।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको एबटाबादका यार मोहम्मदकी श्रीमतीलाई सुत्केरी व्याथा लागे पछि अस्पताल पुर्याइएको थियो । जिन्ना इन्टरनेशनल अस्पतालमा यार मोहम्मदकी श्रीमतीले एक साथ सात वटा शिशुलाई जन्म दिएकी हुन् । जसमा चार छोरा र तीन छोरी छन् ।

बीबीसीका अनुसार यार मोहम्मदले ती सन्तानको पालन पोषणमा कुनै समस्या नहुने बताएका छन् । मोहम्मदले भनेका छन्- हाम्रो परिवार संयुक्त परिवार हो र परिवारका सबैले तिनलाई हुर्काउन मद्दद गर्नेछन् । यी ७ नवजात शिशुभन्दा अघि यार मोहम्मदका दुई छोरी छन् ।

डाक्टरका अनुसार आठ महिनाको गर्भ लिएर यार मोहम्मदकी श्रीमती पहिलोपटक उनी कहाँ आएकी थिईन् । त्यति बेलाको जांँचमा उनको गर्भमा पाँच वटा शिशु भएको देखिएको थियो । ती गर्भवती महिलाको ब्लड प्रेशर बढेको र पेट पनि निकै फुलेको थियो । यस्तो अवस्थामा अपरेसन गर्नु खतरनाक थियो । किनभने ती महिलाका पहिलेका दुई सन्तान पनि अपरेसनबाटै जन्मिएका थिए । यस्तो अवस्थामा सिजेरियन गर्दा उनको पुरानो टाका र गर्भाहय फुटने जोखिम थियो ।

यद्यपी पछि डाक्टरहरुको टीमले एक घन्टा भन्दा बढि समय लगाएर अपेरशनमार्फत उनको सफल डेलीभरी गराए। डाक्टरहरु भन्छन्, – साधारणतया यसरी एक साथ थुप्रै सन्तान जन्मिँदा सबै शिशु जीवित र स्वस्थ भएका घटना कमै छन्। अहिले ती आमालाई आईसीयूमा सारिएको छ भने नवजात शिशुसहित उनको अवस्था सामान्य छ ।

प्रतिक्रिया