काठमाडौं उपत्यकामा आज ९४३ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २५ हजार नाघ्यो
नेपालखोज
२०७७ असोज १५ गते १७:००
काठमाडौं । आज काठमाडौं उपत्यकामा आज थप ९४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै उपत्यकामा संक्रमितको संख्या २५ हजार १०३ पुगेको छ।
आज थपिएका ९४३ मध्ये काठमाडौंमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा २० हजार ३९३, ललितपुरमा २ हजार ५२५ र भक्तपुरमा २ हजार १८५ संक्रमित पुगेका छन्।
सम्बन्धित

प्रतिक्रिया