कोरोना अपडेट : आज थप ९ सय ६१ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ सय ६१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा ५७ हजार ३ सय ८९ जना संक्रमित उपचारपछि निको भएका छन् । हालसम्म प्रदेश १ मा –५ हजार १२४,प्रदेश २ मा– १३ हजार ८९८,बाग्मती प्रदेशमा –१५हजार ६९०,गण्डकी प्रदेशमा –३ हजार ३७९,प्रदेश ५ मा –८हजार ९११,कर्णाली प्रदेशमा –२ हजार ९६८ रसुदूरपश्चिम प्रदेशमा ७ हजार १९ जना डिस्चार्ज भएका छन् ।
त्यस्तै देशभर कोभिड –१९ संक्रमितको संख्या ८० हजार नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ४४ जनाको पीसिआर गर्दा थप १ हजार ९११ जनामा कोभिड–१९ पुष्टि भएको छ । योसँगै देशभर संक्रमित संख्या ७९ हजार ७२८ पुगेको छ । हाल संक्रिय संक्रमित संख्या २१ हजार ८ सय ३० छ ।
प्रतिक्रिया