शुक्रबार, वैशाख १२, २०८२

क्रिकेटरको वर्गीकरणको स्पष्टिकरण सात दिनभित्र पेश गर्न राखेपको निर्देशन

नेपालखोज २०७७ असोज १६ गते ७:४४

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले नेपाल क्रिकेट संघ (क्यान)लाई क्रिकेट खेलाडीहरुको वर्गीकरणको स्पष्टिकरण ७ दिन भित्र पेश गर्न निर्देशन दिइएको छ ।

राखेपले खेलाडीहरुको वर्गीकरणको आधार र वर्गीकरणमा नपर्नका कारणसहित राखेपमा ७ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो । राखेपले बिहीबार क्यानका अध्यक्ष र सचिवलाई स्पष्टिकरण सात दिनभित्र पेश गर्न निर्देशन दिएको छ । यही असोज ६ गते चितवनमा भएको साधारण सभाले राष्ट्रिय पुरुष तथा महिला क्रिकेट खेलाडीहरुको वर्गीकरण सार्वजनिक गरेको थियो ।

तर, उक्त वर्गीकरण उचित नभएको भन्दै चौतर्फी बिबाद भएपछि क्यानले खेलाडी वर्गीकरण निर्धारण समितिलाई महिला र पुरुष दुबै टिमका कप्तान, उपकप्तान र प्रशिक्षकसँग पुनः आवश्यक छलफल गर्न बिहीबार निर्देशन दिएको थियो । खेलाडी र प्रशिक्षकसँग छलफल गरि सुझावसहितको वर्गीकरण प्रतिवेदन आगामी बोर्ड बैठकमा पेस गर्न क्यानले समितिलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया