कोरोना महामारीलाई प्रगतिको बाधक बन्न दिनुहुँदैन : राष्ट्रपति भण्डारी

नेपालखोज २०७७ असोज १६ गते ८:१८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारीले असमानताको जोखिमलाई बढाएको बताएकी छन् । महिलासम्बन्धी चौथो विश्व सम्मेलनको २५ औं वाषिर्कोत्सव अवसरमा उच्चस्तरीय बैठकलाई सम्बोधन गदै उनले कोरोनाको महामारीलाई प्रगतिको बाधक बन्न दिननहुनेमा जोड दिइन् ।

उनले समयमै स्याहार, खोपमा समान पहुँच एवं महिला, किशोरी तथा बालिकाहरुको आर्थिक तथा सामाजिक आवश्यकताहरू सम्बोधन गर्न पुर्नलाभका योजना जरुरी रहेको समेत बताए ।

राष्ट्रपति भण्डारीले समाजमा संरचनागत खाडल तथा चुनौतीहरु पनि कायमै रहेको उल्लेख गरिन् । बेइजिङ घोषणापत्र तथा कार्ययोजनाले महिला, किशोरी तथा बालिकाहरूको समानता र सशक्तीकरणका लागि रुपान्तरणकारी खाका प्रदान गरेको पनि उनको भनाइ छ ।

प्रतिक्रिया