कञ्चनपुरमा राँगाको मासु खाँदा १४ बिरामी
नेपालखोज
२०७७ असोज १६ गते १४:११
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ मा राँगाको मासु खाँदा १४ जना स्थानीय बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिरामीको महाकाली अस्पतालमा उपचार भइरहेको बताए । बिरामीमा पखाला लाग्ने, ज्वरो आउनेलगायतका लक्षण देखिएको बताइएको छ ।
“स्थानीय बङ्गला चदाराले दुई दिनअघि राँगाको मासु बिक्री गरेको रहेछन्”, प्रवक्ता थापाले भने, “त्यही मासु खाएर स्थानीय बिरामी परेको हुन भन्ने खबर छ ।”
सम्बन्धित

प्रतिक्रिया