सबै सिटमा यात्रु राख्न पाउनु पर्ने मागसहित यातायात विभागले पठायो मन्त्रालयमा पत्र

नेपालखोज २०७७ असोज १६ गते १६:५७

काठमाडौं । गाडीको सबै सिटमा यात्रु राख्ने अनुमतिको लागि यातायात व्यवस्था विभागले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा पत्र पठाएको छ ।

यातायात व्यवसायीले अहिलेको मापदण्ड अनुसार गाडी चलाउन नसकिने भनेर विभागमा बारम्बार ताकेता गरेका कारण मन्त्रालयमा पत्र पठाइएको विभागका प्रवक्ता डा. लोकनाथ भुषालले जानकारी दिए ।

आधा सिटमा मात्रै यात्रु राखेर गाडी संचालन गर्नु नै अव्यवहारिक भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए ।

विमानका पुरै सिटमा यात्रु राख्न पाइन्छ भने गाडीमा पनि राख्न पाउनु पर्ने उनको तर्क छ । यात्रुहरुमा अहिले स्वास्थ्यप्रति सचेतना बढेकोले सबै सिटमा यात्रु राख्दा फरक नपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया