दशैं तिहार मनाउन गाउँ जाने कुरामा हत्ते नगर्नुहोस् : स्वास्थ्य मन्त्रालय
नेपालखोज
२०७७ असोज १६ गते १७:०१
काठमाडौं । सरकारले यो पटकको दशैं तिहार मनाउन गाउँ जाने कुरामा हत्ते नगर्न आग्रह गरेको छ । कोरोना संकटका कारण जटिल अवस्था आइलागेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना गइसकेपछि अर्को वर्ष धुमधामसँग दशैँ मनाउन आग्रह गरेको हो ।
मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले कोरोनाबाट जोगिन सबैलाई आग्रह गरेका छन् । उनले स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आउँदै गरेका चाडबाडमा विशेष सचेतता अपनाउन पनि आग्रह गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया