देशका यी स्थानमा आज बत्ती काटिने (विवरणसहित)

नेपालखोज २०७७ असोज १७ गते ७:०३

काठमाडौं । आज देशका विभिन्न ठाउँमा बत्ती जाने भएको छ । नेपाल विद्युत् प्रधिकरणले बत्ती जाने क्षेत्रबारे जानकारी गराएको छ ।विविध निर्माण कार्य जारी रहँदा पछिल्लो समय देशैभर बत्ती काटिन थालेको छ । यस्तोमा धनकुटा, चितवन, पोखरा, राजधानीका तीनै जिल्ला र पोखरामा कुन समय के कारणले बत्ति जाने जानकारी प्राधिकरणले गराएको हो ।

प्राधिकरण्का अनुसार राजधानीको लगनखेल र पुल्चोक वितरण केन्द्र तथा भैंसेपाटी उपवितरण केन्द्रअन्तर्गत् पर्ने खोकना फिडरमा इन्टरब्रान्चको मिटरिङ युनिट परिवर्तन गर्नु पर्ने भएकाले दिउँसो ११ बजेदेखि २ बजेसम्म बत्ती काटिने छ । उक्त फिडर अन्तर्गत वितरण हुने वस्तीमा विद्युत काटिने जानकारी प्राधिकरणले बताएको छ ।

त्यस्तै बालाजु वितरण केन्द्रअन्तर्गत पर्ने विष्णुमति फिडरमा चक्रपथ विस्तार कार्य जारी रहेकाले १० बजेदेखि ३ बजेसम्म बत्ती काटिने बताइएको छ । जसकारणा बालाजु क्षेत्रमा आज दिउँसो बत्ती आउने छैन् ।

त्यस्तै वाइपास विद्युत् संरचना सार्न तथा व्यवस्थापन गर्न चितवनको भरतपुर र माडीमा बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म बत्ती काटिने छ । चितवनकै मेघौली, नारायणगढ, गीतानगर तथा रामपुरमा बुस कटिङ गर्न ट्रान्सफर्मरको इन्कमिङ भीसीबी परिवर्तन गर्न सोही समयमा बत्ति काटिने प्राधिकरणले जनाएको छ । चितवनको अन्य केही स्थानमा पोल सार्न र फिडर मर्मत गर्न बत्ती काटिने छ ।

नवलपुरको कावासोती र अरूणखोलामा पनि बुस कटिङ गर्न बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म लाइन काटिने बताइएको छ । पोखराको हेम्जामा स्मार्ट मिटर परिवर्तन गर्न १० बजेदेखि ५ बजेसम्म र धरानदेखि धनकुटासम्म बुस कटिङ गर्न आज १० बजेदेखि ५ बजेसम्म लाइन काटिने छ ।

प्रतिक्रिया