काठमाडौं उपत्यकामा थपिए ११७७ जना कोरोना संक्रमित

नेपालखोज २०७७ असोज १७ गते १६:३७

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ११७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज काठमाडौं उपत्यकामा थप ११७७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिए।

आज काठमाडौंका १००१, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज देशैभर थप २१२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए।

प्रतिक्रिया