शुक्रबार, वैशाख १४, २०८१

वाणिज्य बैंकहरुका करिब २ हजार कर्मचारीलाई कोरोना संक्रमण

नेपालखोज २०७७ असोज १८ गते १५:३२

काठमाडौं। वाणिज्य बैंकहरुका करिब २ हजार कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन्। ४ दिन अघिबाट नेपाल बैंकर्स संघले बैंकहरुमा कोरोना संक्रमणको तथ्यांक संकलन सुरु गरेको छ ।

संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने, हालसम्म २ हजार हाराहारीलाई कोरोना संक्रमण भएका छ भने यसमध्ये एक हजार हाराहारीलाई निको पनि भइसकेको छ ।

साथै नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाहरुमा कति जना कर्मचारीलाई कोरोना संक्रमण भएका छन् भनेर प्रश्न गरेका थिए । राष्ट्र बैंकलाई बुझाएको विवरण अनुसार स्ट्यान्डर्ड चार्टर्ड, बिओके, सानिमा लगायतका बैंकमा संक्रमण दर कम देखिएको छ ।

प्रत्येक बैंकमा ८०र९० जनाजति संक्रमित भएका छन् भने केही बैंकमा निकै कम पनि रहेका छन्, प्रमुख कार्यकारी अधिकृत शर्माले जानकारी दिए ।

 

प्रतिक्रिया