वैदेशिक रोजगार बोर्डको आर्थिक सहायता बन्द

नेपालखोज २०७७ असोज १८ गते २०:२१

काठमाडौं । कोरोना भाइरसबाट कर्मचारी नै संक्रमित भएपछि वैदेशिक रोजगार बोर्डले दिँदै आएको आर्थिक सहायता बन्द गरेको छ ।

सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएको भन्दै बोर्डले अर्को सूचना नआएसम्मका लागि आर्थिक सहायता बन्द गर्ने भएको हो ।

सचिवालयबाट प्राप्त हुने आर्थिक सहायताका लागि सम्बन्धित व्यक्तिले आवश्यक कागजातसहित स्थानीय तहमा निवेदन दिई स्थानीय तहले कागजातहरु रुजु गरी आधिकारिक इमेलबाट बोर्ड सचिवालयको इमेलमा प्राप्त भएका सचिवालयले कागजातहरु रुजु गरी सम्बन्धित व्यक्तिको बैंक खातामा आर्थिक सहायता बापतको रकम पठाउने बोर्डले सूचना जारी गरेरै जनाएको छ ।

सचिवालयबाट अत्यावश्यक सेवाअन्तर्गत गरिने शव ढुवानीको कार्य भने नरोकिने बोर्डले जनाएको छ ।

प्रतिक्रिया