बलात्कारको मुद्दामा निरन्तर सुनुवाइका लागि निवेदन दिन निर्देशन
नेपालखोज
२०७७ असोज १८ गते २०:३६
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले बलात्कारका घटनामा लगातार सुनुवाइका लागि ७ दिनभित्र अदालतमा निवेदन दिन मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।
मुलुकी फौजदारी कार्यविधि नियमावलीमा नेपाल सरकार वादी भई चलेको फौजदारी मुद्धामा सबै प्रतिवादी उपस्थित गराइएकोमा वा प्रतिवादी उपस्थित हुने अवधि समाप्त भएपछि लगातार कारबाही र सुनुवाई गरी किनारा गर्ने भनिएको छ ।
त्यस्तै लगातार सुनुवाई हुने कसुरमा जबरजस्ती करणीसम्बन्धी कुसर पनि समावेश छ । महान्यायाधिवक्ताको कार्यालयले यो कानूनी व्यवस्था अनुसार सुनुवाइको माग गर्न सबै सरकारी वकिलको कार्यालयलाई भनेको हो ।
यसरी निवेदन दिइने मुद्दाको संख्या, लगातार कारबाही र सुनुवाइको प्रगति विवरणसमेत उपलब्ध गराउन भनिएको छ ।
सम्बन्धित

प्रतिक्रिया