सोमबार थप २ हजार ४४० मा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ पुग्याे

नेपालखोज २०७७ असोज १९ गते १६:५२

काठमाडाैं । पछिल्लाे २४ घण्टामा गरिएकाे परिक्षणमा सोमबार थप २ हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भने, १ हजार १३३ जना कोरोनाबाट निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म देशभर संक्रमित हुनेको संख्या ८९ हजार २६३ पुगेको छ । त्यस्तै, देशभर सक्रिय  काेराेना संक्रमितको संख्या २३ हजार ५०७ रहेको छ।

पछिल्लो २४ घण्टामा १९ जना मृतकमा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ।

हालसम्म कोरोनाबाट ६५ हजार २०२ जना  निको भएका छन्।

प्रतिक्रिया