दमक नगरप्रमुखलाई कोरोना पुष्टि
नेपालखोज
२०७७ असोज २० गते ८:२४
झापा । झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाकाअनुसार सोमबार उनलाई सङ्क्रमण पुष्टि भएको हो ।
उनकी पत्नी लीला ओली र छोरा अनिल ओलीलाई समेत कोरोना पोजेटिभ देखिएको छ । मेयर ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिए ।
नगरप्रमुखसहित एक वडाध्यक्षलाई सङ्क्रमण पुष्टि भएपछि नगरपालिका आजदेखि ४ दिनका लागि बन्द गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया