राष्ट्रपतिद्वारा कुवेती अमीरलाई बधाई
नेपालखोज
२०७७ असोज २० गते १७:३५
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कुवेतको अमीरको कार्यभार सम्हालेका शेख नवाफ अल अहमद अल जाबेर अल सबाहमा बधाई ज्ञापन गरे । कुवेती अमीरलाई मंगलबार बधाई सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता अत्यन्त सुमधुर सम्बन्ध रहेको बताइन ।
राष्ट्रपति भण्डारीले विद्यमान द्विपक्षीय सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गरिन् । उनले कुवेत र त्यहाँका मित्रवत् जनताको निरन्तर प्रगति र समृद्धिको कामना सन्देशमा गरेकी छिन् । . नेपाल र कुवेतबीच सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
सम्बन्धित

प्रतिक्रिया