आज थप १५५१ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित संख्या २२ हजार ७०९ पुग्यो

नेपालखोज २०७७ असोज २० गते २०:००

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५१ नयाँ संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा गरिएको ११ हजार ४७ जनाको पिपिसआर परीक्षणमा १ हजार ५५१ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १७ जनामा कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ७८३ जना, भक्तपुरमा ११६ र ललितपुरमा ११८ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

योसँगै देशभरमा संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ । हाल देशभर २२ हजार ७०९ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, कोरोना भाइरसको संक्रमणबाट थप नौजनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ।

प्रतिक्रिया