मंगलबार, वैशाख १६, २०८२

सानिमा जनरलको ३० करोड रुपैयाँको साधारण सेयर बिक्री आजबाट खुल्ला

नेपालखोज २०७७ असोज २१ गते १२:२१

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको असोज २१ गते अर्थात आज बुुधबारबाट ३० करोड रुपैयाँको साधारण सेयर बिक्री खुल्ला भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ३० लाख कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको हो ।

सेयर निष्काशन तथा बिक्री प्रर्वन्धक एनआईसी एशिया क्यापिटल मार्फत खुल्ला भएको सेयर बिक्री कार्य छिटोमा यही असोज २५ गते र ढिलोमा यही कात्र्तिक ६ गते बन्द हुुने छ । कुुल सेयर मध्येमा चार प्रतिशत अर्थात एक लाख २० हजार कित्ता सेयर कर्मचारीहरुको लागि, पाँच प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामुुहिक लगानी कोषको लागि र बाँकी रहेको २७ लाख ३० हजार कित्ता साधारण सेयर सर्वसाधारणको लागि बिक्री हुुने छ । सर्वसाधारणहरुले न्युनतम १० देखि अधिकतम एक हजार कित्तासम्मको सेयर खरिदको लागि दिन सक्नेछन् ।

अधिकृत पुंजी एक अर्ब ५० करोड तथा जारी पुंजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुंजी ७० करोड रुपैयाँ रहेको छ । साधारण सेयरको बिक्री पश्चात भने कम्पनीको चुक्ता पुंजी एक अर्ब रुपैयाँ पुुग्ने छ ।

प्रतिक्रिया