शुक्रबार, वैशाख १४, २०८१

कपालमा चायाँ आएर हैरान हुनुहुन्छ ? छुटकारा पाउन यसो गर्नुहोस्

नेपालखोज २०७७ असोज २२ गते ५:०३

जाडोमा हरकोहीलाई चायाँले दिक्क बनाउने गर्छ । चायाँबाट छुटकारा पाउन धेरैले मेहेनेत गरिरहेका हुन्छन् । बजारमा धेरै उत्पादनहरूले चायाँबाट छुटकारा दिलाउने दाबी गरिरहेका हुन्छन् । प्रायः उत्पादनहरूको दाबी असत्य ठहरिन्छ ।

तर चायाँबाट छुटकारा पाउने केही घरेलु उपायहरू पनि छन्, जुन विश्वसनीय पनि हुन्छन् । धेरैले नुनलाई कपाल फुलाउने वस्तुका रूपमा लिएका हुन्छन् तर चायाँबाट छुटकारा पाउन नुनले सहयोग गर्छ भन्ने थाहा पाउँदा तपाईं अचम्मित हुन सक्नुहुनेछ ।

नुन नुहाउँदा प्रयोग गरिने स्याम्पुमा राखेर कपालमा लगाउन सकिन्छ । नुनसहितको स्याम्पुलाई कपालमा लगाएर ५ देखि १० मिनेटसम्म राखेपछि टाउको पानीले सफा गर्नुपर्छ । केही दिनमा नुनसहितको स्याम्पुको सकारात्मक असर देख्न सकिन्छ ।

नुनले छालामा रहेका मृतकोषहरूबाट छुटकारा पाउन मदत गर्नेगर्छ । चायाँ पनि एक प्रकारको मृत कोष नै हो । स्याम्पु नभएर चिसो कपालमा केही नुन राखेर दैनिक मालिस गर्दा पनि कपालबाट चायाँ हट्ने कतिपय अनुसन्धानको दाबी छ ।

प्रतिक्रिया