शनिबार, वैशाख १५, २०८१

नयाँ म्यूजिक भिडियो ‘के दिउ खै’ सार्वजनिक

नेपालखोज २०७७ असोज २२ गते १३:४०

काठमाडौं । नयाँ म्यूजिक भिडियो ’ के दिउ खै’ सार्वजनिक भएको छ । आचल शर्मा र विकास लामिछाने फिचर्ड गीतमा मेलिना राईको स्वर, एकनारायण भण्डारीको शब्द र आशिस अविरलको संगीत सुन्न सकिन्छ ।

रोमान्टिक शैलीको म्यूजिक भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । संचारकर्मी समेत रहेका आचार्य पछिल्लो समय म्यूजिक भिडियो निर्दशनमा व्यस्त छन् ।

म्युजिक भिडियोमा अनायसै आफ्नो प्रेमीलाई भेटेपछि अत्तालिएकी प्रेमिकाको मनोभावलाई प्रस्तुत गरिएको छ । कर्णाली इन्टरटेनमेन्टले निर्माण गरेको म्यूजिक भिडियोमा उत्सब दाहालको छायाँकन , नविन निरौलाको सम्पादन, राजिब समरको कोरियोग्राफी रहेको छ ।

भिडियो लिंक तल छ ।

प्रतिक्रिया