शुक्रबार, वैशाख ७, २०८१

ब्रोकर एसोसियसनद्वारा विधुतीय माध्यमबाट मात्र कारोबार गर्न आग्रह

नेपालखोज २०७७ असोज २३ गते १४:४९

काठमाडौं । स्टक ब्रोकर एसोसियसनले विधुतीय माध्यमबाट मात्र कारोबार गर्न आग्रह गरेको छ । एसोसियसनले बिज्ञप्ती जारी गर्दे कोभिड–१९ को बढदो संक्रमणलाई ध्यानमा राखि सेयर कारोबारको लागि विधुतीय माध्यम मात्र प्रयोग गर्न आग्रह गरेको हो ।

विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को संक्रमण नेपालमा समेत दिनानुदिन बढिरहेको र ब्रोकर कार्यालयमा ग्राहकको बढ्दो भिडका कारण ग्राहक स्वयं तथा कार्यालयमा कार्यरत कर्मचारीहरु समेत उच्च जोखिममा रहेका छन् । यो अवस्थामा कतिपय कम्पनीह रुमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण समेत देखिसकेको छ ।

हाल भौतिक उपस्थिति बिना नै धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नका लागी खाता खोल्न, कारोबार गर्न, राफसाफ गर्न तथा कारोबारसँग सम्बन्धित सम्पूर्ण कार्य विधुतीय माध्यमबाट नै गर्न सक्ने अवस्था रहेकाले सम्पूर्ण लगानीकर्ता तथा संघका सदस्यलाई विधुतीय माध्यमबाट मात्र गर्न गराउनु समेत एसोसियसनले आग्रह गरेको छ ।

प्रतिक्रिया