मंगलबार, वैशाख ११, २०८१

सगरमाथा इन्स्योरेन्सले आन्तरिक पर्यटनलाई प्रर्वधन गर्न साईकल र्याली गर्ने

नेपालखोज २०७७ असोज २३ गते २०:०३

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले आन्तरिक पर्यटनलाई प्रर्वधन गर्न साईकल र्याली गर्ने भएको छ ।

यही असोज २४ गते अर्थात शनिबारका दिन भद्रकालीदेखि कागेश्वरी सहिद पार्कसम्म हून गइरहेको साईक्लिङ प्रतियोगिता बक्स अफिस साईक्लिङ २०२० नेपाली मन नेपाली सिनेमा, आन्तरिक पर्यटनमा सेवा साइकल चलाउ, प्रदुुषण हटाऊ, पर्यावरण जोगाऔं” भन्ने मूल नारालाई आत्मसात गर्दै इन्स्योरेन्स पार्टनरकारुपमा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिप्रतियोगी पाँच लाखको निशुल्क दुुर्घटना वीमाको साथै सोसंग सम्बन्धित विबिध आर्थिक सहयोग समेत गरेको छ ।

यसैगरि सगरमाथा इन्स्योरेन्स कम्पनिले विगतमा पनि आन्तरिक पर्यटनलाई बढावा दिने उदेश्यका साथै शारीरिक तथा मानसिक स्वच्छताका लागि एडभेन्चर स्र्पोट्स अन्तर्गत फष्र्ट वोमन जोर्नालिस्ट एभरेष्ट इक्सपीडिसन मुन्थाई बक्सीङ स्र्पोट्स इभेन्ट जस्ता क्रियाकलापहरुमा सहयोग तथा सहभागिता जनाइसकेको छ ।

प्रतिक्रिया