चिकित्सक संघको आन्दोलनमा आवासीय चिकित्सकको ऐक्यबद्धता

नेपालखोज २०७७ असोज २४ गते २१:०४

काठमाडौं । अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक संघले घोषणा गरेको आन्दोलनमा आवासीय चिकित्सकले ऐक्यबद्धता जनाएका छन् ।

करिब २७ दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै आवासीय चिकित्सकले आन्दोलन गर्ने घोषणा गरेका छन् । डा. केसीको स्वास्थ्य अवस्था नाजुक भइसक्दा पनि वार्ता औपचारिकतामा मात्र सीमित भएको भन्दै उनीहरुले चिकित्सक संघले घोषणा गरेको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् ।

डा. केसीका माग पूरा गर्न सरकारलाई दबाब दिने उद्देश्यले संघले आइतबार देशभर कोभिड र आकस्मिकबाहकेका सबै सेवा बहिष्कार गर्ने निर्णय गरिएको विज्ञप्तिमार्फत् जानकारी गराएको थियो।

त्रिवि शिक्षण अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालका आवासीय चिकित्सकहरूले संघको आन्दोलनमा ऐक्यवद्धता जाहेर गरेका हुन्।

प्रतिक्रिया