आज देशभरको मौसम सफा रहने
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशभरको मौसम सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार एक दुई ठाउँमा फाटफुट वर्षाको सम्भावनाबाहेक आज दिनभर देशभर मौसम सफा रहने देखिएको छ।
मौसमविद्काअनुसार भारतको बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्रबाट चक्रवात (सामुद्रिक आँधी) विकास हुने क्रममा छ। तर अहिलेसम्मको अध्ययनले त्यसले नेपालमा खासै ठूलो असर पार्ने नदेखिएको मोसमविद् वरुण पौडेलले बताए। उनका अनुसार अहिले त्यो शक्तिशाली न्यून चापीय क्षेत्रका रूपमा छ, चक्रवात बनिसकेको छैन्।
आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राती देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया