शुक्रबार, वैशाख १४, २०८१

४ फिट अग्लो मुसा भेटिएपछि भागभाग

नेपालखोज २०७७ असोज २५ गते १४:०२

एजेन्सी । हामीले पालनपोषण नगरेपनि मुसा हाम्रै घरमा हुन्छ । १०० ग्रााम देखि १ किलोग्राम सम्मको मुसा हामीले हाम्रै वरपर सहजै भेट्न सक्छौं । तर, मेक्सिकोमा ४ फिट अग्लो मुसा भेटिएको छ । भारी वर्षा पश्चात एक कामदार मेकिसको सिटीको एक नाली सफा गर्दै थिए । सफा गर्ने क्रममा उनले उक्त मुसालाई फेला पारेका थिए ।

उक्त मुसा देखेपछि कामदार निकै डराएका थिए । ती कामदरले डरका कारण अरु कामदारको सहयोगमा त्यसलाई बाहिर निकाले । मुसा धेरै ठूलो भएको कारण प्रत्यक्षदर्शीहरु डराएर भागाभाग गरेका थिए । तर, कामदारहरुले निकाल्ने क्रममा त्याे मुसो नक्कली भएकाे थाहा पाए ।

त्याे मुसा हेलोवीन प्रोपमा प्रयोग भएको खुल्न आएको छ। इभेलिन लोपेज नाम गरेकी एउटी महिलाले उक्त मुसो आफ्नो भएको दावी गर्दे वर्षौं पहिले आएको आँधीमा हराएको बताएकी छिन् ।

प्रतिक्रिया