बिहीबार, वैशाख ६, २०८१

जब मदिरा बोकेको ट्रक बिचबाटोमा पल्टियो…

नेपालखोज २०८० जेठ २४ गते ९:५४
प्रतीमात्मक तस्बिर

नयाँदिल्ली । भारतको आन्ध्र प्रदेशको अनकापल्ले जिल्लामा रक्सी बोकेको एउटा ट्रक पल्टिएपछि मानिसहरू बिच रक्सिका बोतल बोकेर भाग्ने होड नै चल्यो ।

यो घटना गएको सोमबार साँझ अनकापल्ले र बयावरम बीचको राष्ट्रिय राजमार्गमा भएको थियो । ट्रक पल्टिएसँगै दुई सय कार्टुन रक्सि भुइँमा छरिए पछि स्थानीयवासीले ट्रक चालक र क्लिनरलाई सहयोग गर्नुको साटो रक्सिको बोतल बोकेर घरतिर भाग्न हतारिएको यो दृश्य आफैमा अनौठो थियो ।

घटनाको एउटा फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ । भारतमा विगतमा पनि मदिरा बोकेको ट्रक सडक दुर्घटनामा परेपछि मानिसहरुले मदिराका बोतल चोरेको यस्तै घटना सार्वजनिक भएका छन् । यसअघि पुणे–इन्दौर मार्गमा मदिरा बोकेको गाडी कतै जाँदै थियो । त्यही क्रममा बाटोमा रक्सीका केही पेटी खसे । त्यसपछि वरपरका मानिसहरूबीच रक्सीको बोतल लुट्ने प्रतिस्पर्धा भयो ।

उक्त घटनामा धेरै मदिराका बोतल सडकमा खसेर फुटे तर मानिसहरु सद्दे बोतलको खोजिमा भौतारिरहेका देखिन्थे । कसैले त्यो पूरै घटनाको भिडियो रेकर्ड गरेर सामाजिक सञ्जालमा भाइरल बनायो । भिडियोमा मानिसहरु रक्सीका बोतल लुट्न दौडिरहेको देख्न सकिन्छ । महिला, पुरुष र केटाकेटीहरू सकेसम्म धेरै बोतल लिएर भागे ।

यो लुटपाटमा राजमार्गमा गुडिरहेको गाडीको मुनि कोही आइपुग्यो भने के होला भनेर कसैले सोचेनन् । यसबाट कस्तो ठूलो घटना हुन सक्छ कसैले बुझन चाहेनन् । रक्सीको बोतल अगाडि सबै अन्धा भए ।

प्रतिक्रिया