गगन थापाको श्रीमती र छोरीमा कोरोना

नेपालखोज २०७७ असोज २५ गते १६:०२

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाको श्रीमती र छोरीमा पनि कोरोना संक्रमण भएको छ ।

सांसद थापालाई यही असोज १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनी होम आइसोलेसनमा रहेका छन् ।

गत मंगलवार थापाका बुबा महेन्द्र कुमार थापा, आमा महेश्वरी थापा र काका शैलन्द्र कुमार थापामा कोरोना संक्रमण भएको थियो ।

प्रतिक्रिया