शुक्रबार, पुष ४, २०८२

२० वर्षीया महिलालाई बेचबिखन गरेको अभियोगमा पक्राउ

नेपालखोज २०७७ असोज २५ गते १८:१७

काठमाडौं । विभिन्न प्रलोभनमा पारी २० वर्षीया महिलालाई भारत लगी बेचबिखन गरेको अभियोगमा काठमाडौं नयाँबस्ती बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ६ घर भएका ५२ वर्षीय टाउटाउ तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई विभिन्न प्रलोभन देखाई भारतमा लगी बेचबिखन गर्ने कार्यमा संलग्न रही फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका ५ मा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

तामाङ उपर मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार थप अनुसन्धान हुने उक्त ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया