नेपाल चेम्बर ७० वर्षमा प्रवेश

नेपालखोज २०७७ असोज २७ गते १३:५०

काठमाडौं । नेपाल चेम्बर अफ कमर्श ७० वर्षमा प्रवेश गरेको छ । अग्रणी वाणिज्य संगठनको रुपमा स्थापित नेपाल चेम्बर अफ कमर्सको स्थापना वि.स.२००७ सालमा आश्विन २७ गते भएको थियो । जुन समयमा मुलुकमा राणा शासन कायम थियो । तसर्थ नेपाल चेम्बर प्रजातन्त्र भन्दा पनि जेठो मानिन्छ । त्यसो त बि.स २०१२ अर्थात सन् १९५५ मा उद्योग र वाणिज्य सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन नेपाल चेम्बरको अगुवाईमा भएको थियो ।

चेम्बर स्थापना भएदेखि नै वाणिज्य क्षेत्रको विकास र आर्थिक सम्बृद्धि तथा अन्य व्यावसायीक गतिविधिका क्षेत्रमा अग्रणी एवम महत्वपूर्ण भूमिका खेल्दै आएको पाईन्छ । नेपाल चेम्बर अफ कमर्सले नेपाल सरकारलाई औद्योगिक, वाणिज्य र अन्य वित्तीय मामिलाका लागि नीती नियम तर्जुमा गर्न सुझाव र सल्लाह प्रदान गरिरहेको छ । यसका साथै नेपाल चेम्बर अफ कमर्स “चेम्बर आन्दोलन” लाई अभियानको रुपमा विस्तार गर्न र व्यवसायिक क्षेत्रको सशक्तिकरणका लागि विभिन्न गतिविधिहरू प्रोत्साहित गर्न समर्पित रहदै आएको देखिन्छ । चेम्बरले निजी र सरकारी क्षेत्रबीच पुलको भूमिका निर्वाह गरिरहेको पनि छ ।

नेपाल चेम्बर अफ कमर्सले प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्स, वस्तुगत संघ, आवद्ध संघ लगायत द्धिपक्षीय वाणिज्य तथा उद्योग संघहरुको प्रतिनिधित्व गर्दछ । रजिष्टर्ड फर्महरु, व्यापार र उद्योग क्षेत्रका संघ संस्था, द्धि पक्षीय व्यापार तथा उद्योग संघ चेम्बरसँग आवद्ध रहेका छन् । नेपाल चेम्बर अफ कमर्सले ७० वटा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सहरुसँग आर्थिक कृयाकलाप विस्तार गर्न समझदारी पत्र मार्फत सम्बन्ध स्थापित गरेको छ ।

मुलुकभरका उद्योगी तथा ब्यवशायीहरुको संलग्नता भएको नेपाल चेम्वर अफ कमर्सको विधान मन्त्रिपरिषद्बाट बि.सं. २०७४ सालमा संसोधन भइ तदनुरुप नेपालको संघीय प्रणाली बमोजिम नेपाल चेम्बरलाई महासंघको संरचनामा प्रदेश, जिल्ला, नगर तथा गाउपालिका तह र वस्तुगत संघ, आवद्ध संघ तथा द्धि राष्ट्रिय संघ संस्थाहरुसम्म सदस्यहरु बिस्तार भए । यस प्रकार ७ वटै प्रदेश, ६७ वटा जिल्ला र ४६ वटा नगर चेम्बर गठन भैसकेको छ ।

चेम्बरको सात दशकको कोशेढुंगा
१ वि.स. २००७ सालमा “वणिक मण्डल” गठन भई चेम्वरको पहिलो सुरुवात
२ वि.स. २००९ साल असोज २७ गते अखिल नेपाल व्यापार संघको नामवाट दर्ता
३ वि.स. २०१० साल कार्तिकमा प्रथम साधारण सभाले नाम परिवर्तन गरी नेपाल चेम्बर अफ कमर्स कायम
४ वि.स.२०१२ तथा वि.स.२०१६ मा क्रमश: मित्र राष्ट्र चीनका प्रधानमन्त्री श्चाउ एन लाइ तथा मित्र राष्ट्र भारतका प्रधानमन्त्री शजवाहरलाल नेहरुको सम्मानमा स्वागत समारोह
आयोजना गरेको
५ वि.स.२०१९ साल जेष्ठ १९ गते राष्ट्रिय निर्देशन ऐन २०१८ अन्र्तगत राष्ट्रिय निर्देशन मन्त्रालयमा व्यवशायिक संगठनको रुपमा सोहि नाममा दर्ता
६ वि.सं. २०२२ मा नेपाल चेम्वर अफ कमर्सको पहलमा ‘उद्योग वाणिज्य संघ’ हाल (नेपाल उद्योग वाणिज्य महासंघ) स्थापना
७ वि.स.२०३४ सालमा विभिन्न कार्यक्रम गरि चेम्वरको रजत महोत्सव सम्पन्न
८ वि.स.२०४२ सालमा चेम्वर भवनको निर्माण
९ वि.सं. २०५२ सालमा त्रिभुवन बिमान स्थलमा स्व. राजा वीरेन्द्रको गद्धी आरोहण रजत महोत्सवको उपलक्षमा एअरपोर्ट गेट निर्माण
१० वि.स.२०५६ देखि निकासीमा उल्लेख्य योगदान पुर्‍याउने संस्था तथा कम्पनीहरुलाई सम्मान गर्ने परम्परा सुरुआत
११ वि.स. २०५९ सालमा नेपाल चेम्बर अफ कमर्स स्थापनाकालको ५० औ वर्षमा स्वर्ण महोत्सवको अवसरमा बिभिन्न प्रवद्र्धनात्मक कार्यक्रम आयोजना
१२ वि.स.२०६२ सालमा चेम्वरद्धारा ताहाचलमा नयां भवन खरिद
१३ वि.स. २०६९ सालमा तत्कालिन राष्ट्रपति रामवरण यादवको प्रमूख आतिथ्यतामा नेपाल चेम्बर अफ कमर्स स्थापनाकालको ६० औ वर्षमा           हिरक महोत्सवको अवसरमा बिभिन्न प्रवद्र्धनात्मक कार्यक्रम आयोजना

प्रतिक्रिया