शनिबार, असार २१, २०८२

नक्कली एनजिओ मार्फत ५३ लाख रुपैयाँ ठगी गर्ने थापा पक्राउ

नेपालखोज २०७७ असोज २७ गते २०:४१

ललितपुर । विभिन्न मितिमा ललितपुर र काठमाडौंका बिभिन्न पसलहरुबाट ५३ लाख ३१ हजार २ सय ५३ रुपैयाँ बराबरको विभिन्न सामान ठगी गरेको अभियोगमा काठमाडौं बेसीगाउँ बस्ने सिन्धुली मरिन गाउँपालिका ७ बारबिसे घर भएका ३३ वर्षीय बिक्रम शाह भन्ने निरञ्जन थापालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

थापाले विभिन्न पसलहरुबाट पिपुल केयर नेपाल नामक संस्थाको लागि फर्निचर, कार्पेट, ईलोक्ट्रोनिक र स्टेसनरी समेत गरी उक्त नगद बराबरको सामान लिई भुक्तानी नगरी ठगी गरेको खुल्न आएपछि महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको उनलाई ठगी गरेको सामान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ ।

प्रतिक्रिया